अछाम-१ मा भीम रावलकाे ठाउँमा झपटबहादुरलाई टिकट

नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।
२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवारीसमेत दिएका थिए । यता बोहरा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थिए। नेकपामा विभाजनसँगै मन्त्री पदबाट राजीनामा दिएर उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका थिए ।
त्यस्तै अछाम २ मा यज्ञ बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि उनले जानकारी दिए । उनले सुदूरपश्चिमका सबै स्थानमा उम्मेदवारको टुंगो लागेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय