सुदूरपश्चिममा यी हुन् एमालेका १५ उम्मेदवार, ओलीले दिएनन् भीम रावललाई टिकट

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सुनाएको हुन् । एमालेले उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।
थापाका अनुसार प्रतिनिधिसभातर्फ एमालेबाट बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनेका छन् । यस्तै अछाम– १ मा झपट बोहरा, २ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा तारा लामा, २ मा नरबहादुर धामी, ३ मा तिनिधिसभा, कैलाली १ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको थापाले रातोपाटीलाई बताए । उनले भने, ‘प्रतिनिधिसभा सदस्यका उम्मेदवारको यो नै फाइनल हो । अध्यक्षज्यूले प्रदेशसभाका उम्मेदवारको नाम पनि भन्नु भएको थियो । तर प्रदेशको केही हेरफेर हुनसक्छ ।’
एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । एमाले अध्यक्ष ओलीले नेता भीम रावललाई टिकट दिएका छैनन् । पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध उठेका रावल प्रतिनिधिसभामा उम्मेदवार हुनबाट बन्चित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु