आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ
शुक्रबार, २१ असोज २०७९, १९ : २०

आफ्नै छोराको हत्या गरेको अभियोगमा धनकुटामा एक जना पक्राउ परेका छन् । ३० वर्षीय सन्तोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी वादविवादमा उपेन्द्रले सन्तोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !