शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शत्रुधन सिंह फर्किए जसपामा

शुक्रबार, २१ असोज २०७९, २० : १६
शुक्रबार, २१ असोज २०७९

जनता समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजनीति समिति सदस्य शत्रुधन सिंह कोइरी पुन: पार्टीमा फर्केका छन् ।

पाँच दलीय गठबन्धनका कारण सिरहाको क्षेत्र नम्बर २ बाट टिकट पाउने नभएपछि उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी असोज १९ गते राजीनामा दिएका थिए । एमालेमा प्रवेश गर्ने तयारी गरिरहेका बेला हिजोदेखि गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गर्ने भएपछि नेता कोइरीले राजीनामा फिर्ता लिएका हुन् । उनी सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका दाबेदार हुन् । पार्टीले पनि टिकट दिने आश्वासन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप