खोलाले बगाएका बालकको शव फेला

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0
सांकेतिक तस्विर

मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् । यही बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडौँको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।


उनका अनुसार ककनी–१ सिमटारबाट बिरुवातर्फ ससुराली जाने क्रममा शिवराम घिमिरेले चलाइएको बा ८० प ७९७० नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको चार वर्षीय छोरा श्रेयान र आठ वर्षीया छोरी वेबिसा घिमिरेलाई कोल्पुखोलाले बगाएको थियो ।



बेबिसालाई घटना लगत्तै घाइते अवस्थामा उद्धार गरे पनि उपचारको क्रममा निधन भएको थियो भने श्रेयानको शव शुक्रबार साँझ भेट्टिएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक तथा उक्त बच्चाको बुबा शिवराम घिमिरे सामान्य घाइते भएका थिए ।



 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।