मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोसपालाई गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति

शुक्रबार, २१ असोज २०७९, २१ : ४९
शुक्रबार, २१ असोज २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सत्ता गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा सो सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

उनले भने, 'आजको बैठकमा गठबन्धनभित्र लोसपाको भूमिका, आवश्यकता, सहभागीतालगायतका विषयमा सैद्धान्तिक सहमति भएको छ, भोलि बस्ने बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउँछौँ ।"

आजको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै छलफल नभएको उनले दावी गरे । यद्यपि लोसपाले आफ्नो प्रस्ताव तयार गरेर लगेको थियो तर त्यसमा कुनै छलफल भएन  ।

स्रोतका अनुसार लोसपा देशभरका लागि १५ सिटको दावी बोकेर पुगेको थियो । उपेन्द्र यादव नेतृत्वको जसपाले गठबन्धन छाडेको ठाउँमा लोसपा गएको हो ।
यसअघि गठबन्धनमा जसपाले जति सिट पाएको थियो लोसपाले पनि त्यही हाराहारीमा सिट पाउने सम्भावना छ । 

जसपाले देशभर १६ र त्यसमध्ये मधेस प्रदेशमा मात्र ११ सीट पाएको थियो तर त्यसमा चित्त नबुझेपछि जसपा गठबन्धनबाट बाहिरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप