यी हुन् कर्णाली प्रदेशमा एमालेका उम्मेदवारहरु
नेकपा एमालेले कर्णाली प्रदेशमा प्रतिनिधि र प्रदेश सभामा आफ्ना उम्मेदवारहरु चयन गरेको छ । सल्यान जिल्लामा प्रतिनिधि सभातर्फ उम्मेदवार टुंग्याउन बाँकी रहेको छ भने प्रदेश सभातर्फ गुलावजंग शाह र कुलबहादुर गिरीले टिकट पाएका छन् । उता जाजरकोटमा प्रतिनिधि सभामा निरज आचार्य र प्रदेश सभातर्फ डम्बर सिंह र खिमबहादुर शाहीले टिकट पाएका छन् ।
सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट ध्रुव कुमार शाही तथा प्रदेश सभातर्फ ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा उम्मेदवार चयन भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ मा अमृत विसी र प्रदेश सभातर्फ यामलाल कंडेल र ताराकेशर गौतमले टिकट पाएका छन् ।
दैलेख जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रविन्द्रराज शर्मा तथा प्रदेश सभातर्फ धर्मराज रेग्मी र प्रेम थापाले टिकट पाएका छन् भने क्षेत्र नम्बर २ मा लक्ष्मी पोखरेल तथा प्रदेश सभातर्फ तिलकप्रसाद रिजाल र विनोद कुमार शाह उम्मेदवार चयन भएका छन् ।
जुम्लामा प्रतिनिधि सभामा रतननाथ योगी र प्रदेश सभातर्फ टेकराज पर्छाइ र धीरेन्द्रराज गिरी उम्मेदवार चयन हुँदा हुम्लामा प्रतिनिधि सभामा दल रावल तथा प्रदेश सभामा दल फडेरा र अर्कोमा छलफल जारी रहेको छ ।
डोल्पाबाट प्रतिनिधि सभामा गणेश शाही तथा प्रदेश सभामा शेरबहादुर बुढा र धनचन्द्र वैजीले टिकट पाएका छन् ।
मुगु जिल्लामा प्रतिनिधि सभामा राजु कार्की र प्रदेश सभामा जित बहादुर मल्ल र कर्ण बहादुर मल्लले टिकट पाएका छन् । रुकुम पश्चिममा प्रतिनिधि सभामा नन्दलाल शर्मा तथा प्रदेश सभामा नारायण शाह र कर्ण बहादुर घर्ती उम्मेदवार चयन भएका छन् ।
कालिकोट जिल्लामा प्रतिनिधि सभामा नागेन्द्र शाही तथा प्रदेश सभातर्फ कृष्ण आचार्य र विरेन्द्र वोगटी उम्मेदवार छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट ७ महिनामा ९ अर्बको जस्तापाता निर्यात
-
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने