मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिरहा–२ बाट गायक/संगीतकार मुरलीधर राप्रपाका उम्मेदवार

शुक्रबार, २१ असोज २०७९, २२ : ०७
शुक्रबार, २१ असोज २०७९

राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।

मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उनी गायक तथा सङ्गीतकार पनि हुन । 

‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैँलाई रोगी बनायो’ जस्ता दर्जनौँ चर्चित गीतमा उनले स्वर भरेका मुरलीधरले सिरहा–२ मा एकल उम्मेदवार घोषणा गर्ने पहिलो व्यक्ति हुन । उनी चुनावी मैदानमा आएसँगै कांग्रेस, एमाले र मधेस केन्द्रित नेताहरूले चासोको रूपमा हेरेका छन् । - न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप