लोसपका कार्यकारिणी सदस्य मियाँ एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् ।
बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।
लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपाबीच गठबन्धन गर्ने सहमति भएपछि मियाँ टिकटबाट वञ्चित भए । त्यसपछि उनी एमालेमा प्रवेश गर्ने निर्णयमा पुगे । आज बिहान ४ बजे नै बालकोटबाट उनलाई फोन आएको थियो । त्यसपछि उनी पाँच बजे बालेकोट पुगेर साढे पाँच बजे नै पार्टी प्रवेश गरे । एमालेले उनलाई सो क्षेत्रबाट टिकट दिने निश्चित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?