शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

शनिबार, २२ असोज २०७९, १२ : ५९
शनिबार, २२ असोज २०७९

जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिराले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता भएकी २२ वर्षकी विद्या शाही मृत अबस्थामा भेटिएसँगै मृतकको संख्या ७ पुगेको हो ।
  
शनिबार बिहान ४:०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो ।  घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही,  उनकी श्रीमती पानसरा शाही २४ वर्षीया सुरेन्द्र हमालको बिहानै मृत्यु भएको थियाे ।  

यस्तै घाइते वर्ष ५० की सरस्वती हमाल र रामबहादुर हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप