सहरी विकास मन्त्री चौधरीद्वारा दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी

सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । चौधरीले सत्तारुढ गठबन्धनका तर्फ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारीमा दर्ता गराएका हुन् । उक्त निर्वाचन क्षेत्रबाट चौधरी ०७४ सालको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पनि उम्मेदवारी दिएकी छिन् ।
सोही निर्वाचन क्षेत्र प्रदेशसभा सदस्य (क)तर्फ सत्तारुढ गठबन्धन साझा उम्मेदवारका नेकपा माओवादीका केन्द्रीय सदस्य लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले उम्मेदवारी दिएका छन् भने निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख)मा नेपाली काँग्रेसका स्व.नेता खुमबहादुर खड्का छोरा अनुराग खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमालेका तर्फ दाङ क्षेत्र नं. प्रदेशसभा सदस्य (क) तर्फ गंगाराम भट्टराई र ख तर्फ कुलबहादुर केसी प्रदेश निर्वाचन कार्यालय लमहीमा पुगेर उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित
-
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: देउवा
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान