शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करेन्ट लागेर वीरगञ्जमा २ जनाको मृत्यु

मङ्गलबार, २५ असोज २०७९, १० : ४८
मङ्गलबार, २५ असोज २०७९

पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् ।
 
वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए । 

६० वर्षीय शाहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप