शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिङ्देनविरुद्ध उम्मेदवारी दिएका एमाले नेता गिरी मोबाइल अफ गरेर बेपत्ता

बुधबार, २६ असोज २०७९, १६ : ०६
बुधबार, २६ असोज २०७९

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका विरुद्धमा उम्मेदवारी दिएका एमाले नेता डम्बर बहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् । झापामा एमाले र राप्रपाबीच गठबन्धन छ । गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा राप्रपाले सघाउने सहमति भएको थियो ।

तर, गिरीले उम्मेदवारी दर्ता गराएलगत्तै मोबाइल अफ गरेर बेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन । राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार गिरी भारततिर लागेका छन् । ‘एमाले नेता गिरीको उम्मेदवारी फिर्ता भएन,’ ओझाले भने, ‘मोबाइल अफ गरेर भारततिर लागेको भन्ने खबर आएको छ ।’ ओझाले उनको उम्मेदवारीले आफूहरुलाई खासै असर नपर्ने बताएका छन् ।

गिरी एमालेका प्रदेश १ कमिटी सदस्य तथा स्थानीय तह निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेदवार हुन् । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । गिरीको उम्मेदवारीले सिटौलालाई फाइदा हुने सत्ता पक्षका एक नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप