शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा सत्ता गठबन्धन दलका भातृसंगठनद्वारा एक भएर जाने निर्णय

शुक्रबार, २८ असोज २०७९, ०६ : २१
शुक्रबार, २८ असोज २०७९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलका भातृ संगठनहरुले एक भएर जाने निर्णय गरेका छन् । 

विहिबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धन दलका भातृ संगठनहरु नेपाल तरुण दल बारा, युवा संघ नेपाल, वाईसिएल नेपाल र लोकतान्त्रिक युवा संघ नेपाल बाराले निर्वाचनमा एक भएर जाने र आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनको सहमती भए अनुसार कांग्रेस,माओवादी केन्द्र, नेकपा एस र लोसपाका उम्मेदवारहरुलाई जिताउने अभियान अन्र्तगत गठबन्धनमा रहेका भातृ संगठनको जिल्ला अध्यक्षहरु एक भएर जाने र युवा परिचालन गर्ने निर्णय गरियो’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सो विज्ञप्तीमा नेपाल तरुण दलका बारा जिल्ला अध्यक्ष दिपेन्द्र पटेल,युवा संघ नेपालका आर के भट्टराई,वाईसिएल नेपाल शुभ नारायण पटेल र लोकतान्त्रिक युवा संघ नेपालका साविर आलमले संयुक्त हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप