बैंकहरुले मानसिक यातना दिएको भन्दै सुर्खेतका व्यवसायीद्वारा बजार बन्द

सुर्खेतका व्यवसायीहरुले बैंकहरुले मनपरी तरिकाले बैंकको ब्याज बढाएको भन्दै व बजार बन्द गरेका छन् । बैंकको मनपरीतन्त्रले निजी क्षेत्र धरासायी बन्दै गएको उनीहरुको भनाई छ ।
निजी क्षेत्रले बजार बन्द गर्ने निर्णयसँगै शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकले ऋण लगानीको ब्याज महिनै पिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको बताए ।
साथै उनले ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिने कार्यक्रम सिंगो निज क्षेत्र नै हतोत्साही भएको बताए । संयुक्त व्यवसायी संघर्ष समितिले बैंकविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
सोही अनुसार शुक्रबार बैंकहरुले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि दिएको मानसिक यातनाका विरुद्ध सुर्खेत बन्द गरेका छन् ।
यस्तै असोज महिनाभित्र मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ता वापतको रकम नर्तिन सम्पुर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा