इन्डियन आइडल बिजेता पवनदीपको 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक
शुक्रबार, २८ असोज २०७९, १८ : ५३
चर्चित गायन रियालिटी सो इन्डियन आइडल १२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रचना र शिखर सन्तोषको संगीत रहेको गीतलाई नेपालकै अग्रणी म्युजिक कम्पनी 'म्युजिक नेपाल'को च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन् । गीतको भावअनुसार भिडियो निकै आकर्षक र लोभलाग्दो बनेको छ। डोर बहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सहनिर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण