कलाकार सुशीला ग्लान तामाङको निधन
शुक्रबार, २८ असोज २०७९, १९ : २०
कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । तामाङको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए ।
तामाङलाई स्वास्थ्यस्थिति जटिल समस्या देखिएपछि दुई दिन अगाडि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामाङले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।
काठमाडाैं शंखरापुर नगरपालिकाकी स्थायी बासिन्दा तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् । तामाङ तमाङ गीतसंगीतको लोकप्रिय मोडल पनि हुन् । तामाङको बौद्ध परम्परा अनुसार शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण