शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

शनिबार, २९ असोज २०७९, ०६ : ०५
शनिबार, २९ असोज २०७९

हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप