बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा  एक जनाको मृत्यु

शनिबार, २९ असोज २०७९, १० : ००
शनिबार, २९ असोज २०७९

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा  सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु  रुखबाट खसेका थिए ।

रुखबाट खसेपछि गम्भीर घाइते भएका सारुको  प्रादेशिक अस्पताल बुटवलमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर थापाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप