बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

के वर्षाको श्रीमान्‌सँग सम्बन्ध बिग्रिएको हो ?

आइतबार, ३० असोज २०७९, ०७ : ५८
आइतबार, ३० असोज २०७९

अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएको ६ महिना पनि पूरा भएको छैन । तर उनीहरुको बैबाहिक सम्बन्ध चिसिएको हल्ला चल्न थालेको छ ।

आशिष र वर्षाको पछिल्लो क्रियाकलापले पनि उनीहरुको सम्बन्ध राम्रो नरहेको अनुमान लगाउन सकिन्छ । हालै बर्षाले श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन्, भने उनको श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । त्यतिमात्र कहाँ हो र, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् । यी क्रियाकलापले पनि वर्षा र आशिषबीच अहिले सम्बन्ध ठीकठाक नरहेको अनुमान  गर्न सकिन्छ ।

वर्षाले गत बैशाख ९ मा आशिषसँग विवाह गरेकी थिइन् । बिहे गरेको केही समयपछि अमेरिका पुगेकी वर्षा केही महिना उतै रमाइन् । तर उनी दशैं अगाडि नै नेपाल फर्किएकी थिइन् । त्यसपछि वर्षाले आमासँग घुमघाम गरिन् । उनी केही दिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी छन् । अहिले उनी नेपालमा रहेपनि मिडियामा खासै छाउँदिनन् । त्यसको कारण पनि श्रीमान्सँगको सम्बन्ध हुन सक्ने अनुमान गरिएको छ । 

वर्षाले सामाजिक संजाल इन्स्टाग्रामबाट पनि आशिषसँगको बैबाहिक जीवनका २ तस्वीर बाहेक सबै हटाएकी छन् । भने नेपाल आएपछि पनि कुनै तस्वीर पोष्ट गरेको देख्न सकिन्न । यसले पनि वर्षा र आशिष सम्बन्धमा खटपट आएको भन्ने कुरोमा बल पुगेको छ । यस बिषयमा वर्षाले आगामी दिनमा मिडियामा राख्ने नै छिन् । 

वर्षा र आशिषले गत बैशाख ९ गते काठमाडौंको एक पार्टी प्यालेसमा सिमित आफन्तको उपस्थितिमा विवाह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप