बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

आइतबार, ३० असोज २०७९, १० : ५६
आइतबार, ३० असोज २०७९

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको कारोबार दर तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज सुनको मूल्य ह्वात्तै घटेको दिन चाँदीको मूल्य समेत घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ कायम थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप