अमेरिकाले साउदी अरेबियासँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने
आइतबार, ३० असोज २०७९, २१ : १२

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साउदी अरेबियासँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने घोषणा गरेका छन्। ओपेकले कच्चा तेलको उत्पादन कटौती नगर्ने अमेरिकी अपीललाई अस्वीकार गरेपछि उनको यो बयान आएको हो ।
समाचार एजेन्सी रोयटर्स सुलिभानलाई उद्धृत गर्दै भनेको छ, ‘राष्ट्रपति जो बाइडेनले यसका लागि ‘व्यवस्थित रूपमा’ काम गर्नेछन् र उनका विकल्पहरूमा अमेरिकाबाट साउदी अरबलाई सुरक्षा सहायता परिवर्तन गर्ने समावेश छ।’
उनले अर्को महिना इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनमा साउदी अरबका युवराज र प्रधानमन्त्री मोहम्मद बिन सलमानलाई भेट्ने कुनै योजना नभएको राष्ट्रपति बाइडेनले बताए। अमेरिकाको अपिललाई बेवास्ता गर्दै ओपेकले यस महिनाको सुरुमा प्रतिदिन २० लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगका सदस्य
-
शिवम सिमेन्टको एक मात्र लक्ष्य गुणस्तरीय उत्पादन हो : उपाध्यक्ष अग्रवाल
-
विजय लघुवित्तले २० प्रतिशत बोनस दिने
-
द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने
-
नीर शाह र सुशान्त कुमारले दिए बोर्डको सल्लाहकारबाट राजीनामा
-
गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै