दुबईमा प्रस्तुति दिँदै नेपथ्य
महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ । चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जानलागेको हो ।
विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो । यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य इमिरेट्सहरु विशेषगरि अबुधाबी, शारजहा र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए । अघिल्ला पटकझैं यसपाला पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदैछ ।
‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यसपटक प्राथमिकतामा परेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण