इन्टरपोलको महासभामा भाग लिन आईजीपी सिंह भारत प्रस्थान

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औं महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म संचालन हुँदै छ । आईजीपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौंका प्रमुख समेत रहेका सिंहसँगै डिआईजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
आईजीपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन् । १ सय ९५ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधि सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिवेदन पेश हुनेछ । महासभामा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुन्छ । महासभामा सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमा छलफल हुनेछ ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
नेपाली प्रधानमन्त्रीका भारत भ्रमण किन आउँछन् विवादमा ?