मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते
झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् ।
बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा मे ३ प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५:२५ बजे मृत्यु भएको हो ।
घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)