प्रेरक प्रसङ्ग : अलेक्जेन्डरको गुरुभक्ति
विश्वविजयी युनानी योद्धा अलेक्जेन्डर नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । एकताका उनको नाम सुन्नासाथ संसारका एकसेएक मैहुँ भन्ने शासकहरूसमेत डरले थर्कमान हुने गर्थे । त्यति ठूलो शासक भएर पनि उनको गुरुभक्ति निकै नमूना लायक थियो । संसारमा कसैसँग पनि नडराउने यी योद्धा गृुरुसित भने डराउँथे । कसैसँग नझुेको उनको शिर गुरुसँग भने हमेशा झुक्ने गथ्र्यो । विश्वविजयको श्रेय गुरुलाई दिने यी शासक गुरुलाई खुब मान्थे र प्रायः सबै विजय अभियानमा गुरुलाई साथमै लिएर जाने गर्थे ।
यस्तैमा एक दिन कुनै देश विजयका लागि निस्केका थिए । सदाझैँ त्यस दिन पनि गुरु साथमै थिए तर त्यस देशमा प्रवेश गर्न एउटा ठूलै नदी तर्नुपर्ने भयो । त्यस जमानामा अहिलेको जस्तो साँघु वा पुल थिएन । नदी वारपार गर्ने साधन डुङ्गा नै हुने गर्थे तर त्यो पनि भन्ने बित्तिकै भनेकै स्थानमा पाइन्नथ्यो । उता सोधखोज गर्न थाले गोपनियता भङ्ग हु्ने सम्भावना पनि त्यत्तिकै थियो । त्यसैले अलेक्जेन्डर सिधै नदीमा पस्ने तरखर गर्न लागे । त्यस्तो देखेर गुरु एरिस्टोटले हप्काउँदै भने–
‘अलेक्जेन्डर ! एक छिन पर्ख, मूर्खता गर्ने अवस्था छैन । यस अपरिचित स्थानमा नदीको गहिराई कति छ भन्ने न तिमीलाई थाहा छ न मलाई नै । त्यसैले पहिले म गएर गहिराइ पत्ता लगाउँछु । त्यसपछि मात्र तिमी आउने छौ ।’
तर अलेक्जेन्डरले त्यता ध्यान दिएनन् । गुरुको कुरा सुन्यानसुन्यै गरी नदीमा पसे । नदीमा पानी यसै पनि धेरै थियो । त्यसमाथि धमिलो पानी । कहाँ केकस्ता खाल्टाखुल्टी छन् भन्ने थाहा थिएन । तैपनि हिम्मतले काम लिए र गोडाले छामछाम छुमछुम गर्दै मुस्किलले नदी पार गरे । पछि उनकै बाटो पछ्याउँदै गुरु पनि पारी पुगे । पारी पुगेपछि गुरु एरिस्टोटलले रिसाउँ भने–
‘अलेक्जेन्डर ! तिमीले मेरो आदेश उल्लङ्घन गरेर राम्रो गरेनौ । अहिलेसम्म कहिल्यै मेरो वचन उल्लङ्घन गरेका थिएनौ तर आज के भयो र यस्तो दुःशाहस ग¥यौ ? कतै विश्वविजयी हुँदै गएको उन्मादमा गुरुको आदेशलाई पनि बेवास्ता गर्न थालेका त होइनौ ?’
गुरुको कुरा सुनेर अलेक्जेन्डरले विनम्रतापूर्वक भने–
‘क्षमा चाहन्छु गुरुदेव ! उद्देश्य त्यस्तो होइन र हुने पनि छैन । मेरा लागि सर्वस्व भनेकै तपाईँ नै हुनुहुन्छ । अहिलेसम्म जेजति सफलता पाएको छु ती सबै तपाईँकै मार्गदर्शनका कारण सम्भव भएका छन् भने तपाईँकै आदेशलाई बेवास्ता गर्ने प्रश्नै उठ्दैन । यस्तो अनजान नदीमा अघि लगाउँदा तपार्ईँलाई केही भइहाल्यो भने मैले के गर्ने । तपार्ईँजस्तो गुरु अर्को जुनीमा पनि पाउन सक्ने छैन तर मलाई केही भयो भने तपाईँले आफ्नो ज्ञानद्वारा म जस्ता सयौँ अलेक्जेन्डर तयार पार्न सक्नुहुन्छ । त्यसैले पहिले आफ्नो ज्यान जोखिममा राखेको हुँ ।’
अलेक्जेन्डरको कुरा सुनेर गुरुको आँखा रसाए । उनले खुसीले गदगद हुँदै अलेक्जेन्डरलाई अगाँलो हाले ।
केही दिनपछि त्यस युद्धमा पनि सजिलै विजय हासिर गरी गुरुशिष्य राजधानी फर्के ।
आज अलेक्जेन्डर त हामी माझ छैनन् तर उनले देखाएका गुरुभक्तिको शिक्षा भने अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए
-
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु
-
विषादी हालेको अंगुर खाइरहनु भएको छ ? यसरी सफा गर्नुस्
-
मधेसमा माओवादीले फेर्यो मन्त्री