शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धान काट्न जाँदा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु

मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : २५
मङ्गलबार, ०१ कात्तिक २०७९

सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी गराएको छ ।

उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर फर्किने क्रममा अरिङ्गालले टोकेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले  श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमा मृत्यु भएको बताए ।  शोभाको मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको हो। 

अरिङ्गालले टोकेर घाइते भएका २१ वर्षीया नवीन बस्नेतको भने उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप