बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

बुधबार, ०२ कात्तिक २०७९, ०७ : १८
बुधबार, ०२ कात्तिक २०७९

जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई)को नेतृत्व गरेका थिए ।

जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ । तर उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ ।

बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप