शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

बुधबार, ०२ कात्तिक २०७९, १२ : १८
बुधबार, ०२ कात्तिक २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको  छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।

गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । 

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप