शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेसँगको तालमेलले राप्रपामा विवाद, २ दर्जन नेता राजेन्द्र लिङ्देनको विपक्षमा

बुधबार, ०२ कात्तिक २०७९, २२ : ४२
बुधबार, ०२ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा एमालेसँग भएको तालमेलका कारण राप्रपामा विवाद देखिएको छ । बुधबार २ दर्जन नेताले निर्वाचनमा पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट गम्भिर क्षति पुग्ने ठहरसहित अध्यक्ष राजेन्द्र लिङदेनलाई सचेतना पत्र बुझाएपछि उक्त विवाद बाहिर आएको हो । उनीहरुले अध्यक्ष लिङदेनलाई उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरेका छन् ।

सचेतना पत्रमा भनिएको छ : ‘यही मंसिर ४, २०७९ मा हुन गैरहेको संघीय तथा प्रदेश निर्वाचनमा हाम्रो पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट पार्टीलाई दुरगामी एवम् गम्भीर क्षति पुग्ने ठहर गरेका छौं । अतः उक्त निर्णयलाई तत्काल सच्याउनका लागि ध्यानाकर्षण गर्दछौं ।’    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप