जीवनदर्शन : प्राणायामबाट मानसिक शक्ति सन्तुलन
पातञ्जल योगसूत्रमा अष्टाङ्ग योगका चर्चा भएका छन् । यिनमा यम, नियम, आसन, प्राणायाम, ध्यान, धारणा, प्रत्याहार र समाधि पर्छन् । यी सबै शरीर विज्ञानसित सम्बन्धित छन् । मानव जीवनको मूलभूत उद्देश्य भनेकै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्नु हो । मोक्ष भन्नाले मरेपछिको मुक्ति मात्र होइन । अपितु रोग, भोक, शोक तथा गरीवीजन्य तमाम समस्याबाट मुक्ति प्राप्त गनुर्् पनि हो, जसमा अष्टाङ् योगको विशेष भूमिका रहेको हुन्छ । यस आलेखमा यिनै अष्टाङ् योगमध्ये प्राणायाम र मानसिक शक्ति सन्तुलनमा उसले पार्ने प्रभावका बारेमा चर्चा गर्ने प्रयास प्रयास गरिएको छ ।
प्राणायाम भनेको श्वास विज्ञान हो, जसले प्राणवायुलाई नियमित राख्ने काम गर्छ । ऋषिमुनिहरूले प्राणवायुलाई पाँच भागमा विभाजन गरेका छन् । यिनमा प्राण, अपान, समान, उदान र व्यान पर्छन् । यीमध्ये प्राण नामक वायुको स्थान हृदय मानिएको छ । यसले वायुमण्डलबाट अक्सिजन खिचेर शरीरमा प्रवाह गर्ने काम गर्छ । आपान नामक वायुको स्थान गुदद्वार मानिएको छ । यसले मलमूत्र विसर्जनमा सहयोग पु¥याई पाचन प्रणाली तन्दुरुस्त राख्ने काम गर्छ ।
समान नामक वायुको स्थान नाभिक्षेत्र मानिएको छ, जसले जठराग्निलाई प्रदीप्त पार्ने काम गर्छ । यसबाट खाएको चीज तापमा परिणत भई शरीरको सबै अङ्गमा समानरूपले विस्तार हुन पुग्छ । उदान नामक वायुको स्थान घाँटी प्रदेश मानिएको छ । यसले खाएको चीजलाई आमाशयमा पु¥याउने काम गर्छ । व्यान नामक वायु रक्तसमूहमा रहेको हुन्छ । यसैले रगतलाई सबै अङ्गमा पु¥याउने काम गर्छ ।
प्राणायामका फाइदा अनन्त छन्, जसलाई शारीरिक फाइदा, मानसिक फाइदा र आध्यात्मिक फाइदा गरी तीन भागमा विभाजन गर्न सकिन्छ । शारीरिक फाइदा भन्नाले सबै किसिमका शरीरिक रोग निरोध भनेर बुझ्नुपर्ने हुन्छ । मानसिक फाइदा भनेको मानसिक शक्तिलाई सन्तुलन गरी जीवनलाई सक्रिया पार्ने प्रक्रियासित सम्बन्धित छ । जहाँसम्म आध्यात्मिक फाइदाको कुरा छ त्यो भने कुण्डलिनी जागृत गरी षडचक्र भेदनसित सम्बन्धित छ ।
यीमध्ये यस आलेखको उद्देश्य प्राणायामले कसरी मानसिक शक्तिसन्तुलनमा सहयोग पु-याउँछ भन्नेबारे जानकारी दिनु हो । थप जानकारीका लागि तल एउटा लिङ्क प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा