बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुरक्षा परिषद्द्वारा इजरायल–लेबनान समुद्री सीमा सम्झौताको स्वागत

बिहीबार, ०३ कात्तिक २०७९, १३ : ४८
बिहीबार, ०३ कात्तिक २०७९

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो । 

सुरक्षा परिषद्का सदस्यहरूले लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र यसलाई स्थायी रूपमा समाधान गर्न सहमत भएको घोषणाको प्रशंसा गरेका छन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने परिषद्ले एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ । 

इजरायल र लेबनान बीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्य सागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समान रूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ ।  लेबनान र इजरायलका नेताहरूले गत असोज २५ गते पूर्वी भूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप