बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच घण्टाभन्दा कम सुत्नुहुन्छ ? तपाईंको स्वास्थ्यलाई गम्भीर खतरा

बिहीबार, ०३ कात्तिक २०७९, १४ : २२
बिहीबार, ०३ कात्तिक २०७९

यदि तपाइँ ५० वर्ष भन्दा माथि हुनुहुन्छ र तपाइँ कम्तिमा पाँच घण्टा सुत्नु भएको छैन भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छन् । कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ ।

स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ । र राम्रोसँग निद्रा नलाग्नु कुनै खतराको संकेत हुनसक्छ । त्यहाँ पर्याप्त प्रमाणहरु छन् कि निद्राले कुराहरू सम्झन, दिमागलाई ताजा राख्न र आराम प्रदान गर्न मद्दत गर्छ । तर, अहिलेसम्म कति घण्टा सुत्नु ‘गोल्डेन नम्बर’ हो भन्ने चाहिँ स्पष्ट भएको छैन ।

पिएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रामाथि निगरानी राख्यो । यस अध्ययनमा ८ हजार मानिसहरूलाई एक सप्ताहन्तमा औसत कति घण्टा सुत्नुहुन्छ भनेर प्रश्न सोधिएको थियो । कतिपयले यसका लागि ‘स्लिप वाच’ को पनि प्रयोग गरे ।

यस्तै, उनीहरूको पुरानो (दीर्घकालीन) रोगबारे अनुसन्धान गरियो । उनीहरुका थुप्रै रोग जस्तै मधुमेह, क्यान्सर, मुटु रोगको परीक्षण गरियो र त्यसको करिब दुई दशकको विवरण लिइयो ।

५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्ने मानिसमा सात घण्टा सुत्ने मानिसको तुलनामा थुप्रै रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइयो ।

अध्ययनका क्रममा ५० वर्षको उमेरमा कम सुत्दा मृत्युको जोखिम बढेको पनि खुलासा भएको छ । यो जोखिम मुख्यतया पुरानो रोगका कारण बढ्छ ।

युनिभर्सिटी कलेज लन्डन र पेरिस सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार विशेषज्ञहरूले सामान्यतया सात वा आठ घण्टा सुत्न सिफारिस गर्छन् ।

वैज्ञानिकहरूले यसबारे निश्चित रूपमा केही बताउन सकेका छैनन्, तर एउटा कुरा स्पष्ट छ कि राम्रो निद्राले कुराहरु सम्झन, मुड खुशी राख्न, एकाग्रता र मेटाबोलिज्म बढाउन मद्दत गर्छ ।

राम्रो निद्राका लागि यी उपाय अपनाउन सक्नुहुन्छ

– दिनको समयमा आफूलाई व्यस्त राख्नुहोस्, थकाई लाग्ने गरी काम गर्नुहोस् र बेलुका आफूलाई सुस्त बनाउनुहोस् ।

– दिउँसो नसुत्नुहोस्

– राती पनि एउटा रुटिनको पालना गर्नुहोस् । तपाईंको सुत्ने स्थान आरामदायी र सफा होस् । स्मार्टफोनलाई आफूबाट टाढा राख्नुहोस् ।

– सुत्नु अघि क्याफिन र मदिरा पिउनबाट जोगिनुहोस् वा यसको मात्रा कम गरिदिनुहोस् ।

– यदि निद्रा लागिरहेको छैन भने निदाउन आफूलाई दबाब दिनुहोस् । ओछ्यानबाट उठ्नुहोस् र रिल्याक्स हुने स्थानमा बसेर आफूलाई आनन्द दिने काम गर्नुहोस् जस्तै किताब पढ्नु वा अन्य केही । त्यसपछि निद्रा लागेपछि ओछ्यानमा गएर सुत्नुहोस् ।

– तपाईं सिफ्टमा काम गरिरहनुभएको छ जुन दिनचर्याको हिसाबले उपयुक्त छैन भने शिफ्टभन्दा अघि थोरै बेरका लागि निदाउने कोसिस गर्नुहोस् ।

सरे स्लिप सेन्टरका निर्देशक प्राध्यापक डर्क–जोन डिज्कोले बीबीसी न्युजलाई भने, ‘यस अध्ययनका अनुसार पर्याप्त घण्टा नसुत्नु हाम्रो स्वास्थ्यको लागि राम्रो होइन । सामान्यतया यो स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । तर केही मानिसहरूको लागि यो ठीक हुन सक्छ ।’

‘यहाँ ठूलो प्रश्न यो पनि हो कि, किन केही मानिसहरू कम सुत्छन् ? यसको पछाडि कारण के हो र यसलाई ठीक गर्न केहि गर्न सकिन्छ ? निद्रा जीवनशैलीसँग सम्बन्धित कुरा हो, जसलाई केही हदसम्म परिवर्तन गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप