शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडकमा बसेर बैंकको पालो कुर्न बाध्य वृद्धवृद्धा

शनिबार, ०५ कात्तिक २०७९, ०७ : ३९
शनिबार, ०५ कात्तिक २०७९

जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन् । बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन् । तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन् ।

 बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको  सिटिजन्स बैंक अगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुइँमा बसेर हैरान खेप्नु परेको छ । घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताए । 

बुढेसकालमा भत्ता बुझन नै बैंकमा आएर लाइन लाग्नु पर्ने , ठाउँ नभएर सडकमा बस्नु पर्ने बाध्यता नहुने उनले बताए । बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्य खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए । 

सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिदै आएको म्यानेजर  टरर्जन अधिकारीले बताए । उनका अनुसार सुरुमै सामाजिक सुरक्षा वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी गरे । एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनको भनाइ छ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप