शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले चुनावी घोषणापत्र तिहारलगतै ल्याउने

सोमबार, ०७ कात्तिक २०७९, १७ : १७
सोमबार, ०७ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै ल्याउने भएको छ । घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ । दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेको अवस्थामा माओवादीले समेत ढिलागरी घोषणापत्र ल्याउन लागेको हो । 

‘पार्टीको घोषणापत्र लेखन र सम्पादनको काम सम्पन्न भइसकेको छ । अब थप्नुपर्ने कन्टेन्ट केही छैन । सबै तयार छ । घोषणापत्रमा केही स्केचहरु राख्नुपर्ने भएकाले ढिला भयो । त्यो काम भइरहेको छ’ घोषणापत्र लेखन समितिका एक सदस्यले भने, ‘तिहारलगतै पार्टीको घोषणापत्र उम्मेदवारमार्फत मतदाता समक्ष पुर्याउँछौ । त्यसपछि माओवादीको ५ वर्षे विकास र समृद्धिको रोडम्याप जनतालाई जानकारी गराउनेछौंं ।’

माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्नेगरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउने ती सदस्यले बताए । एमाले, कांग्रेसले पनि पार्टीको घोषणापत्र तिहारलगतै ल्याउने तयारी गरेका छन् । 

२०७४ सालको चुनावमा माओवादीले वाम गठबन्धन (एमाले र माओवादी) मार्फत घोषणापत्र ल्याएको थियो । तर, अहिले लोकतन्त्रिक गठबन्धन बनाएपनि पार्टीको आफ्नै घोषणापत्र ल्याउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप