फिल्म ‘जय हो’ निर्माणको घोषणा
मङ्गलबार, ०८ कात्तिक २०७९, १० : ५१
तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् ।
आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन् । निर्माण टिमका अनुसार फिल्ममा अन्य नाम चलेका कलाकार समेत रहनेछन् ।
सुरेश न्यौपानेको कथा रहेको फिल्मलाई राज.के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने फिल्मको एकगीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहनेछ ।
काठमाडौँ, पोखरा र मुस्ताङमा छायाङ्कन बताइएको फिल्म अष्ट्रेलियामा पनि छायांकन हुने शोभितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण