ताराको निर्देशनमा सर्ट फिल्म ‘धुकधुकी’
मङ्गलबार, ०८ कात्तिक २०७९, १५ : ०६
गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने आमाबुबाको कथा पनि भनेको छ ।
रोगले ग्रस्त बाबुको परदेसिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टिका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुःख हेर्ने आमाको चाहना पुरा नभएको बिषय समेत फिल्मले देखाएको छ ।
२० मिनेटको फिल्म सुवास प्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । शिव ढकालको छायांकन, नहकुल खड्कोको सम्पादन रहेको फिल्मको पोष्टप्रोडक्सन चन्द्र विनायक फिल्मस्ले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण