शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक, केही स्थानमा मित्रवत प्रतिस्पर्धा

शुक्रबार, ११ कात्तिक २०७९, ०६ : ००
शुक्रबार, ११ कात्तिक २०७९

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

 विज्ञप्तिमा केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको र ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको जनाइएको छ । गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप