शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालनका लागि साझा संयन्त्र

शनिबार, १२ कात्तिक २०७९, ०९ : ०९
शनिबार, १२ कात्तिक २०७९

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले निर्वाचन परिचालन साझा संयन्त्र निर्माण गरेका छन् । शुक्रबार  अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । 

संयुक्त विधार्थी संगठनका अध्यक्षहरू गठबन्धनका शीर्ष नेतृत्व र विधार्थी संगठनका पूर्व अध्यक्षहरूको निर्वाचन क्षेत्रको प्रचारप्रसारमा सहभागी बन्ने निर्णय पनि बैठकले गरेको छ । 

संयुक्त विधार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्ने, सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विधार्थी संगठनका पदाधिकारीहरूसँग आवश्यक समन्वय गर्ने र । गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्ताहरु  एक हप्ता भित्रमा आ(आफ्नो निर्वाचन क्षेत्रमा  केन्द्रित बन्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले निम्न बमोजिम विद्यार्थी नेताहरुको कार्यक्षेत्र विभाजन पनि गरेको छ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप