बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले के गर्छ, के गर्दैन ?

शनिबार, १२ कात्तिक २०७९, १२ : ०२
शनिबार, १२ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका छन् । 

घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारा दिइएको छ । त्यस्तै घोषणापत्रमा आगामी पाँच वर्षमा कांग्रेसले गर्ने र नगर्ने कामहरूको फेहरिस्त पनि प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप