बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुस-युक्रेन युद्ध : तीन लाल रिजर्भ फौजहरू सम्पर्कमा आएको रुसको घोषणा

शनिबार, १२ कात्तिक २०७९, १६ : १४
शनिबार, १२ कात्तिक २०७९

रुसले गत महिना रिजर्भ फोर्सका लाखौं सदस्यहरुलाई युक्रेनमा जारी युद्धमा सघाउन परिचालन गर्ने घोषणा गर्यो । त्यस समय युद्धका लागि बोलाइएका तीन लाख फौजहरू सम्पर्कमा आईसकेको रुसको सरकारले शुक्रबार बताएको छ । तीमध्ये एक चौथाइभन्दा बढी युद्धभूमिमा तैनाथ भइसकेको पनि उसले जानकारी दिएको छ । 

रुसले यस पटक दोस्रो विश्वयुद्धपछि पहिलो पटक रिजर्भ फौजलाई युद्ध परिचालन गरेको हो । यस आव्हानले रुसमा व्यापक अन्यौलता, आक्रोश र विरोध निम्त्याएको थियो । परिचालनमा पर्न सक्ने कयौं युवाहरु युद्धमा मैदानमा नजान छिमेकी देशतर्फ भागेका थिए । शुक्रबार टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको क्रेमलिनमा सम्पन्न बैठकमा रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भन्छन् ,‘तपाईले निर्देशन दिए अनुरुप ३ लाख मानिसको परिचालनको लागि बोलाइएका मानिसहरु सबै सम्पर्कमा आइसके ।’

मन्त्री शोईगुले परिचालन अन्तर्गत बोलाइएका मध्ये ८२ हजारलाई युद्ध क्षेत्रमा पठाइएको र बाँकी तालिममा रहेको बताए । पुटिनले त्यस अवसरमा आह्वानलाई पालना गर्ने युवाहरुलाई तिनको ‘देशभक्ति, समर्पण र देशको रक्षा गर्ने दृढ संकल्प’का लागि लागि धन्यवाद दिए । उता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने रिजर्भ फोर्स आह्वान अनुरुप सबै सम्पर्कमा आईसकेको भन्ने रुसको घोषणाबारे टिप्पणी गर्दै युद्धमैदानमा रुसको कमजोर  प्रदर्शनका आधारमा केही समयपछि थप पुरुषहरू आवश्यक हुने दावी गरेका छन् ।

‘रुसले आम नागरिक परिचालन गरेर हामीमाथि दबाब बढाउन खोजिरहेको भए तापनि, तिनीहरू यति न्युन तयार, साधनस्रोत विमुख तथा क्रूर सैन्य अधिकारबाट निर्देशित छन् कि रूसलाई चाँडै युद्धमा थप फौजको आवश्यकता पर्नेछ ,’ जेलेन्स्कीले   नियमति भिडियो सन्देशमा भने ।  पुटिन र शोइगुले रिजर्भ फोर्स परिचालनको लागि आह्वान गर्ने क्रममा सुरुमा ‘गल्ती’ भएको स्वीकार गरे । पुटिनले रुसले दोस्रो विश्वयुद्धदेखि यता रिजर्भ फौजको परिचालन नगरेकोले गल्ती हुनु स्वभाविक भएको बताउदै अहिलेको गल्तीबाट पाठ सिकेको बताए ।

युद्ध मैदानमा ठूलठूला झट्का भोगिरहेको समाचारबीच पुटिनले गत महिना ‘आंशिक परिचालन’को आदेश दिएका थिए । उक्त परिचालनको घोषणापछि पहिलो पटक आम रुसीहरु युक्रेनमा जारी युद्धको सामना गर्नु पर्ने स्थिति आयो । दशौं हजार रूसी पुरुषहरू लड्नबाट बच्न देश छोडेर भागेका छन् । उनीहरु मुख्यत पूर्वी सोभियत गणतन्त्रमा पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप