बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस आउँदै

शनिबार, १२ कात्तिक २०७९, २० : ५८
शनिबार, १२ कात्तिक २०७९

भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेडले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउन लागेको हो । 

बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा ल्याउन लागेको हो । स्क्वायर डायल भएको वोएभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको  मूल्य ६,४९९ रहेको छ ।

कम्पनीले नयाँ संस्करणको बोट एक्सटेन्ड सपोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । ६,४९९ मूल्य यसको रहेको छ । कम्पनीले नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड पनि ल्याएको छ । बजारमा यसको मूल्य रु. ३,३९९ देखि ३,४९९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप