शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी तीन प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आइतबार, १३ कात्तिक २०७९, ०६ : १२
आइतबार, १३ कात्तिक २०७९

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। 

आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी  प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने भएको छ । 

सोमबार पनि  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप