शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी ५ बानीले छिट्टै कम गर्छ तपाईंको ऊर्जा, परिवर्तन गर्नुहोस्

सोमबार, १४ कात्तिक २०७९, १४ : १९
सोमबार, १४ कात्तिक २०७९

के तपाई पनि सधैं थकित र सुस्त महसुस गर्नुहुन्छ ? यसको कारण गलत जीवनशैली हुनसक्छ । कयौं पटक हामीले आफ्नो खराब बानीमा ध्यान दिदैनौँ र त्यसैका कारण शरीरमा समस्या आउन थाल्छ । हामीलाई सबै काम गर्न शरीरमा ऊर्जा चाहिन्छ । खाने होस् वा हिँड्न, तपाईंलाई ऊर्जा चाहिन्छ । तर शरीरमा उर्जा छैन भने केही कुरा गर्न पनि मन लाग्दैन । यस लेखमा हामी तपाईंलाई त्यस्ता ५ बानीबारे जानकारी दिन गइरहेका छौँ, जुन तपाईंको शरीरमा ऊर्जा कम हुनुको कारण बन्न सक्छ । यदि तपाईमा पनि यी बानी छन् भने आजै सुधार्नुहोस् ।

१. अत्यधिक शारीरिक काम गर्नु

यदि तपाईंले धेरै शारीरिक काम गर्नुहुन्छ भने तपाईं थकान र कमजोरीको शिकार हुन सक्नुहुन्छ । शरीर पनि मेसिन जस्तै हो । तपार्इंले मेसिन धेरै प्रयोग गर्नुभयो भने यो कि त बन्द हुन्छ कि बिग्रन्छ । काम गर्दा शरीर र दिमागमा धेरै तनाव नदिनुहोस् । यसले तपाईंको शारीरिक क्षमता मात्र कम गर्दैन, तपाईंलाई बिरामी नै पार्न सक्छ । आफ्नो क्षमता अनुसार काम गर्यो भने शरीरमा उर्जा पनि रहन्छ ।

२. कामको बीचमा थकाई नमार्नु

कामको क्रममा ब्रेक नलिँदा शरीरमा ऊर्जाको कमी हुन सक्छ । शरीरलाई सक्रिय र ऊर्जावान राख्न कामको बीचमा ब्रेक लिनुपर्छ । बसेर गर्ने काम होस् वा शारीरिक, शरीर थाक्छ । लामो समयसम्म शरीरलाई कुनै एक अवस्थामा राख्दा शरीरमा ऊर्जा घट्छ र थकान महसुस हुन्छ । काम गरिरहेका बेला ५  देखि १० मिनेटको ब्रेक लिनुहोस् । ब्रेकमा आराम गर्नुहोस्, स्ट्रेचिङ गर्नुहोस् वा यताउती हिँड्नुहोस् ।

३. चिल्लो र गुलियो खानेकुराको सेवन

धेरै तेल वा मसालेदार खानाको सेवनले पनि शरीरमा ऊर्जाको कमी हुन्छ । शरीरलाई सक्रिय राख्न भुटेको खानेकुरा नखानुहोस् । पुरी वा पराठाको सट्टा मल्टिग्रेन रोटी खानुहोस् । डिप फ्राईको साटो उसिनेको खानेकुराहरु खाने प्रयास गर्नुहोस् । यसका साथै गुलियो खानेकुरा वा मिठाई कम खानुहोला । शरीरमा ऊर्जाको कमी हुनुको कारण गलत खानपान पनि हुन सक्छ ।

४. व्यायाम नगर्ने

व्यायामको कमीले थकान महसुस हुन्छ । लामो समयसम्म बस्ने वा सुतिरहने  मानिसको शरीर कमजोर हुन्छ । खाने मात्रै र व्यायाम नगर्ने बानीले तपाईंको शरीरमा भारीपन महसुस हुन थाल्छ । यदि तपाईंलाई व्यायाम गर्न मन पर्दैन भने घरको काम गर्नुहोस् । वा केही बेर हिँड्नु पनि राम्रो विकल्प हो । तर कुनै शारीरिक क्रियाकलाप बिना नै पूरा दिन बिताउनु राम्रो होइन ।

५. तनावमा हुनु

तनावमा रहनुभयो भने शरीरको उर्जा कम हुन सक्छ । जो मानिस डिप्रेसन वा तनावबाट ग्रसित छन्, उनीहरुलाई शरीरमा बल महसुस हुँदैन । त्यस्ता व्यक्तिहरू कुनै पनि कुराको लागि उत्सुक देखिँदैनन् र सधैं सुतिरहन चाहन्छन् । तनावबाट बच्न सकारात्मक सोच्नुहोस् । कोठा सफा राख्नुहोस् र आफ्नो वरिपरि राम्रो गन्ध राख्नुहोस् । यसले सकारात्मक वातावरण सिर्जना गर्नेछ र तनाव कम गर्नेछ।

यी टिप्स अपनाउनुहोस्

शरीरमा ऊर्जा बढाउन यी टिप्स अपनाउनुहोस् –

– धेरै भन्दा धेरै पानी पिउनुहोस् ।

– ऊर्जा बढाउने खानेकुराहरू जस्तै फलफूल, नट्स आदि खानुहोस् ।

– दैनिक कम्तिमा आधा घण्टा योग र ध्यान गर्नुहोस् ।

– हिँड्नुहोस्, सूर्य नमस्कार गर्नुहोस् ।

– ब्रिदिङ एक्सरसाइज गर्नाले शरीरमा उर्जा कायम रहन्छ ।

– बिहान सबेरै उठ्ने बानी बसाल्नुहोस् ।

– बिहानको खाजामा चिल्लो खानेकुरा नखानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप