वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
सोमबार, १४ कात्तिक २०७९, १६ : ४४
प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो ।
केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छ । दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा छन् । यस अगाडि फिल्म ‘उत्सव’ अभिनय गरेकी प्रकृति ७ वर्षपछि यो फिल्म मार्फत पुनअभिनयमा देखिन लागेकी हुन् ।
फिल्मको सम्पूर्ण छायांकन विराटनगरमा गरिएको हो । रोहित कट्टेलको प्रस्तुति रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सह–निर्मातामा ग्याल्जेन लामा रहेका छन् । फिल्मलाई आकाश बराल, सजन काफ्ले र मर्रे केरले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण