शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको मोरबी यात्राअघि अस्पतालको रंगरोगनले बबाल

मङ्गलबार, १५ कात्तिक २०७९, १२ : १९
मङ्गलबार, १५ कात्तिक २०७९

गुजरातको मोरबीमा झोलुंगे पुल भत्किएपछि आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यस क्षेत्रको भ्रमण गर्दै छन् । आइतबार साँझ भएको यस घटनामा कम्तीमा १३४ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणअघि एक अन्य मुद्दाको चर्चा हुँदैछ । प्रधानमन्त्री मोदीको यात्रा अघि सोमबार मोरबीको अस्पतालको रंगरोगन गरिएको छ । यस विषयलाई लिएर विपक्षी पार्टीमात्र नभएर आम मानिसले पनि प्रश्न उठाइरहेका छन् ।

भारतीय कंग्रेसले यसलाई त्रासदीको इभेन्ट भनेको छ । पार्टीले मोदीको यात्रा अघि त्यहाँ रंगरोगनको काम भइरहेको र चमकदार टाइल्स लगाइरहेको बताएको छ । आम आदमी पार्टीले पनि अस्पतालको एक भिडियो ट्वीट गर्दै असली दोषीमाथि कारबाही भएन तर भाजपावालाहरुलाई फोटोसुटका लागि लिपपोतको चिन्ता छ ।

राष्ट्रिय जनता दल (आरजेडी) ले ट्वीट गर्दै आज त्यो अस्पताललाई सजाइँदैछ जहाँ उनी खानापूर्ति गर्न जाँदैछन् । अस्पतालभित्र सयौँ शव छन् । पुरा देश गुजरात हादशाले शोकमा छ । तर एक विशेष व्यक्ति लुगा बदल्न र फोटो खिचाउन मस्त र व्यस्त छ । जहाँ शव छ, त्यहाँ कसैले रंगरोगन गर्छ र ?
के भएको थियो मोरबीमा ?

आइतबार साँझ मोरबीमा डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल भत्किएको थियो । त्यो समय पुलमा ठुलो सङ्ख्यामा मानिसहरू रहेका छन् । आधिकारिक आँकडाअनुसार यस घटनामा १३७ जना बेपत्ता छन् भने कयौँ घाइते छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

राजकोट रेन्जका आईजी अशोक कुमार यादवले सोमबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा यस मामिलामा अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएका थिए । उनीहरूको माथि आईपीसीको धारा ३०४, ३०८ र ११४ को धारा लगाएका छन् ।

सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीले एक उच्चस्तरीय बैठकको आयोजना गरेर त्यहाँको स्थितिको समीक्षा गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले अधिकारीहरूलाई पीडित परिवारलाई हर सम्भव मद्दत गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री मोदीले मोरबी त्रासदीमा मारिएकाहरूको परिवार २ लाख रूपैयाँ र प्रधानमन्त्री राहत कोषबाट घाइतेहरूका लागि ५० हजार रूपैयाँ सहायताको घोषणा गरेका छन् । राज्य सरकारले घटनाको जाँचका लागि एसआईटी गठनसमेत गरेको छ ।

नगरपालिका र ओरेवा ग्रुपबीच थप १५ वर्षका लागि पुल सञ्चालन गर्ने सहमति भएको थियो । पुलको मर्मतपछि गत २६ अक्टोबरमा यो सर्वसाधारणका लागि खोलिएको थियो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप