बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दूधमा मखनाको धूलो मिसाएर पिउनुहोस्, स्वास्थ्यलाई मिल्छ ५ अचम्मका फाइदा

मङ्गलबार, १५ कात्तिक २०७९, १३ : ३६
मङ्गलबार, १५ कात्तिक २०७९

मखनाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हामीमध्ये धेरैले मखनालाई विभिन्न तरिकाले उपभोग गरेका छौँ । तर के तपाईंले कहिल्यै दूधमा मखना पाउडर मिसाएर खानुभएको छ ? दूधमा मखना पाउडर मिसाएर पिउनाले अथाह स्वास्थ्य लाभ मिल्छ भन्ने तपाईंलाई थाहा छ ? दूधमा क्याल्सियम, भिटामिन, प्रोटिन आदि प्रचुर मात्रामा पाइन्छ ।

यस्तै, मखनाको कुरा गर्दा यसमा प्रोटिन, क्याल्सियम, स्वस्थ फ्याटका साथै धेरै आवश्यक भिटामिन र मिनरल्स पनि पाइन्छ । भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार हरेक रात सुत्नुअघि दूधमा १–२ चम्चा मखनाको धूलो मिसाएर खाएमा यसले धेरै स्वास्थ्य लाभ दिन्छ । यस लेखमा हामी तपाईलाई यसका ५ फाइदाहरु बताइरहेका छौँ ।

दूधमा मखनाको धुलो हालेर पिउनुका फाइदा

१. हड्डी बलियो हुन्छ

प्रोटिन, क्याल्सियम जस्ता आवश्यक पोषक तत्वहरूको प्रचुर मात्राको कारणले गर्दा, यो संयोजनले तपाईंको दाँत र हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले दाँत झर्ने र कमजोर हुनबाट रोक्छ, साथै हड्डी भाँच्चिने जोखिमलाई कम गर्छ ।

२. शरीर बलियो बनाउँछ

शारीरिक कमजोरी हटाएर यो संयोजनले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ र थकान हटाउँछ । यसले शरीरलाई पोषण प्रदान गर्न पनि फाइदा गर्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ ।

३. पेट स्वस्थ राख्छ

बिहान पेट राम्ररी सफा नहुने समस्या पनि यसले हटाउँछ । राति सुत्ने बेलामा यो खाँदा पेट सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसले तपाईंको पाचन क्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । कब्जियत, पेट दुख्ने, पेट फुल्ने, पखाला लाग्नेजस्ता समस्यालाई टाढा राख्न यसले सहयोगी भूमिका निर्वाह गर्छ ।

४. मुटु स्वस्थ राख्छ

मखनामा अल्कालोइड यौगिकहरू पाइन्छ, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दूध र मखनाको धूलोको सेवनले मुटुको मांसपेशी पनि स्वस्थ रहन्छ र मुटुले राम्रोसँग काम गर्छ ।

५. ब्लड सुगरलाई नियन्त्रणमा राख्छ

दूध र मखनाले तपाईंको पाचन मात्र सुधार गर्दैन, यसले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रण गर्छ । मखनामा एन्टी–डायबेटिक गुण हुन्छ, जसले ब्लड सुगरलाई मात्र नियन्त्रणमा राख्दैन, मधुमेहको लक्षणबाट पनि राहत दिन्छ ।

ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप