बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेल सजाय कटाइरहेका खपाङ्गीको मृत्यु

बुधबार, १६ कात्तिक २०७९, १२ : ३०
बुधबार, १६ कात्तिक २०७९

जबर्जस्ती करणी मुद्दामा जेल सजाय कटाइरहेका एक कैदीको विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु हुनेमा तेह्रथुम आठराई ४ का ५४ वर्षीय मानबहादुर खपाङ्गी रहेका छन् ।  विराटनगर स्थित मोरङ जिल्ला कारागारमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । पेट र पायल्सका रोगी उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । 

जिल्ला अदालत तेह्रथुमले उनलाई २०७४ माघ ९ गते जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो । तेह्रथुमबाट २०७६ मङसिर २४ गते स्थानान्तरण गरेर उनलाई मोरङ ल्याइएको थियो । उनलाई गत कार्तिक १२ गते बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप