सुन तस्करीमा नयाँ प्रयोग : कार्टुनमै सुन लेपन
प्रहरीले केही दिनअघि मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको भारतीय नागरिकको साथबाट थप सुन बरामद भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्तिक ८ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कासिमले ल्याएको कार्टुनबाट थप ४२९.८२० ग्राम सुन फेला परेको हो ।
निजले कार्टुनमै सुनको लेप गरेर ल्याएको पाइएको हो । निजको साथबाट यसअघि मलद्वारमा टेपले बेरिएको सेतो रंगको प्लाष्टिक भित्र ३३१ ग्राम सुन फेला परेको थियो । उक्त परिमाणको सुन फेला पर्नासाथ निजलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको थियो ।
निजले आफूसँगै ल्याएको कार्टुनलाई नेपाल सुनचाँदी व्यवसायी महासंघले परीक्षण गर्दा २ के.जी.३५० ग्राम तौल भएको कार्टुन गलाउँदा ४२९.८२० ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ । निजको साथबाट बरामद सुनको कुल तौल ६८०.६७० ग्राम रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण