शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनको मुखमा मजदुरी गर्न भारत जाने युवाको लर्को

शनिबार, १९ कात्तिक २०७९, ०७ : १७
शनिबार, १९ कात्तिक २०७९

सिंजा गाउँपालिका ६ जोडु गाउँका दिनेश बुढा बुधबार रुपैडिया नाका हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् । उनीहरूलाई चुनावी माहौलले छोएको छैन ।  

देशभर आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचन हुँदै छ । भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरूले बताए । यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरूको गुनासो छ । 

उनका अनुसार यो वर्ष वर्षाले लगाएको आलु,कोदो,फापर मकै र सिमी लगायतका बालीहरु बगाएर बिजोग छ। घरको चुलो बाल्न पनि कठिन छ। जितेकाले पनि रोजगारी दिन नसकेकोले भारत जानुपरेको उनीहरुको गुनासो थियो । 

निर्वाचनको मुखमा घर छाड्नेहरूमा सिंजा गाउँपालिका ५ र ६ नम्बर वडाका युवा बढी छन् । उनीहरूमध्ये अधिकांशले भारतको कालापहाड,सिमला, गुजरात, दिल्ली, पन्जाबलगायत शहरमा काम गर्ने बताएका छन् । बढीजसो उनीहरू त्यहाँ सडक निर्माण,फलफूल खेतीका लागि र अन्य विभिन्न मजदुरी गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप